Home अर्थ खुल्यो तेह्रथुम पावरको आइपिओ, कस्तो छ कम्पनी? कहिलेसम्म आवेदन दिन मिल्ने ?

खुल्यो तेह्रथुम पावरको आइपिओ, कस्तो छ कम्पनी? कहिलेसम्म आवेदन दिन मिल्ने ?

सर्वसाधारणका लागि तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) आजदेखि खुलेको छ।

कम्पनीको आइपिओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। प्रतिसेयर अंकित मूल्य १ सयका दरले ८ लाख कित्ता सर्वसाधारण समूहको सेयर निस्कासन हुन लागेको हो।

यसको ५ प्रतिशत सामुहिक लगानी कोषका लागि र २ प्रतिशत कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको बिक्री प्रवन्धकका रुपमा एनआइबिएल एस क्यापिटल रहेको छ। यसअघि कम्पनीले प्रभावित स्थानीयका लागि आइपिओ बाँडफाँड गरिसकेको छ।

कस्तो छ कम्पनी?
यस कम्पनीले तेह्रथुम जिल्लामा माथिल्लो खोरुङ्गा खोलाबाट विद्युत उत्पादन गरिरहेको छ। जुन आयोजनाको लागत निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट १७ करोड ८८ लाख रुपैयाँ छ।

कुल ७.५ मेगावाट क्षमताको यस आयोजनाको कुल लागत १ अर्ब ३४ करोड रहेको छ। लगानी फिर्ता हुने अवधि ८.०९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ११.६६ वर्ष छ।

यस कम्पनीलाई इक्रा नेपालले बीबी माइनस रेटिङ प्रदान गरेको छ। यस रेटिङले दायित्व वहनका लागि कम्पनी औसत मध्यमस्तरमा रहेको जनाउँछ।

आयोजनाबाट २०७६ फागुनदेखि व्यवसायिक उत्पादन भइसकेको प्रवन्धपत्रमा उल्लेख छ।

कम्पनीले २ मेगावाट क्षमताको अर्को खोरुङ्गा-ताङमाया खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा छ।कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहनेछ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read