Home समाचार आज चार प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने

आज चार प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने

आज चार प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

आज दिउँसाे वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । यस्तै, राति प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ ।

भोलि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । मनसुन थप सक्रिय रहेकाले भोलिदेखि देशका धेरै ठाउँमा झरी पर्ने सम्भावना रहेकाे छ बाढी पहिरोको जोखिम उच्च छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read