Homeअर्थमानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न,(यसरी हेर्नुहोस् रिजल्ट)

मानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न,(यसरी हेर्नुहोस् रिजल्ट)

मानुषी लघुवित्तले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । आईपीओ निष्काशन तथा बिक्र प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आज सोमबार बिहान साढे ८ बजे बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि छुट्याएको थियो ।

कम्पनीको आईपीओमा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएका थिए । जसमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । २३ लाख ५४ हजार ७ सय ८४ जना योग्य आवेदकको गोलाप्रथाबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता शेयर पाएका छन् । जसमध्ये ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता शेयर पाएका छन् । जसमा २३ लाख २४ हजार बढी आवेदक हात रित्तो भएको क्यापिटलले जनाएको छ ।

आईपीओ रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

https://iporesult.cdsc.com.np/

www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)

https://meroshare.cdsc.com.np/#/login

https://www.manushilbs.com/

https://nsbl.statebank/home

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read