Home समाचार वुहानबाट उद्धार गर्दा प्रतिव्यक्ति ७ लाख १० हजार खर्च

वुहानबाट उद्धार गर्दा प्रतिव्यक्ति ७ लाख १० हजार खर्च

सरकारले कोरोना भाइरसको उद्गमस्थल वुहानबाट नेपाली नागरिकहरूलाई उद्धार गरेर काठमाडौं ल्याउँदा प्रतिव्यक्ति ७ लाख १० हजार रुपैयाँ खर्च भएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनले त्यस बेला चीनको वुहानबाट १ सय ८७ नेपाली नागरिकलाई उद्धार गरेर ल्याउँदा १३ करोड २८ लाख ४७ हजार खर्च भएको जनाएको छ । २०७६ फागुन ४ देखि २० सम्म १७ दिनका लागि सेनाले क्वारेन्टाइनमा ५५ लाख र औषधि खरिदका लागि ६६ लाख ७१ हजार खर्च गरेको थियो ।

चीनबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकहरूलाई नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रमा क्वारेन्टाइन निर्माण, निर्मित क्वारेन्टाइनका लागि आवश्यक सामग्री खरिद, उक्त ठाउँमा इन्टरनेट, बेड खरिद तथा निर्माणलगायत सहरी विकास मन्त्रालयले ७ करोड ५६ लाख ९५ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसबेला चीनको वुहान कोभिड–१९ प्रभावित थियो । नेपाल सरकारले २०७६ माघ २७ मा त्यहाँबाट नेपालीलाई फिर्ता ल्याउने निर्णय गरेको थियो । त्यसबेला हवाई उद्धार र स्थानीय यातायातबापत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४ करोड ४९ लाख ७९ हजार खर्च गरेको थियो ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read