Home अर्थ मेरो सेयरको पासवर्ड अब युजर आफैले परिवर्तन गर्न सक्ने, पासवर्ड बिर्सिए यसरि...

मेरो सेयरको पासवर्ड अब युजर आफैले परिवर्तन गर्न सक्ने, पासवर्ड बिर्सिए यसरि गर्नुहोस रिसेट

सेयर कारोबारको अनलाई सिस्टम ‘मेरो सेयर’ को पासवर्ड अब यूजर आफैले परिवर्तन गर्न सक्ने भएका छन् । मेरो सेयर सफ्टवेयर प्रदायक कम्पनी सीडीएससीले आफ्नो सेवामा थप ‘फरगेट योस् पासवर्ड’ सेवा थप गरेको हो ।

उक्त सेवा शुक्रवारदेखि कार्यान्वयनमा ल्याइएको सीडीएससीले जनाएको छ । योसँगै अब मेरो सेयर प्रयोगकर्ताहरूले आफ्नो युजरमा आफैले पासवर्ड परिवर्तन गर्न सक्ने भएका छन् । जुन सुविधा मेरो सेयरमा यसअघि थिएन ।

युजरहरुले मेरो सेयरको लगइन पेसमा रहेको ‘फरगेट योर पासवर्ड’ लिंकमा गएर पासवर्ड परिवर्तन गर्न सक्नेछन् । यसरी पासवर्ड परिवर्तन गरेपछि परिवर्तित पासवर्ड सिस्टमले नै इमेलमा पठाउनेछ । इमेलमा आएको पासवर्ड प्रयोग गरी खाता चलाउन सकिने सीडीएससीले जनाएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read