Homeसमाचारभीम रावल, गोकर्ण विष्ट र योगेश भट्टराई माधव नेपालको नयाँ पार्टीमा नजाने

भीम रावल, गोकर्ण विष्ट र योगेश भट्टराई माधव नेपालको नयाँ पार्टीमा नजाने

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका केही स्थायी कमिटी सदस्यहरू नेपालले गठन गर्ने नयाँ पार्टीमा सहभागी नहुने भएका छन्।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै एमालेको नेपाल पक्ष नयाँ पार्टी दर्ताको प्रक्रियामा अघि बढेको छ।

नेपाल पक्षका नेताहरू अहिले बानेश्वरस्थित अर्याल होटलमा भेला भएका छन्। जहाँ नेपाल पक्षका सांसद र केन्द्रीय सदस्यहरू छलफलमा छन्।

नेपाल पक्षले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब प्रस्ताव गरेको छ। प्रस्तावित पार्टीको विधान र संरचना समेत तयार भइसकेको एक केन्द्रीय सदस्यले बताए।

तर, उपाध्यक्ष भीम रावल, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई भने नेपालले गठन गर्ने नयाँ पार्टीमा सामेल नहुने भएका छन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read