Homeसमाचारमाधव नेपाल नयाँ पार्टी दर्ता गर्दै, नाम र चिन्ह यस्तो हुनसक्ने !

माधव नेपाल नयाँ पार्टी दर्ता गर्दै, नाम र चिन्ह यस्तो हुनसक्ने !

सरकारले पार्टी विभाजनलाई सहज बनाउन दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा एमालेको माधव नेपाल पक्षलाई भने राहत मिलेको छ ।

सोमबार रातिदेखि संसद्को चालु अधिवेशन अन्त्य भएसँगै मंगलबार  सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ ।

पार्टी विभाजनलाई सजिलो बनाउन सो अध्यादेश ल्याएसँगै नेपाल पक्षले पार्टीको नाम र चुनाव चिह्न टुंगो लगाउन तर्फ लागेको छ । नेपाल पक्षले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने चर्चा चले पनि टुंगो भने लागिसकेको छैन ।

एक नेताका अनुसार पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा समाजवादी, नेकपा एमाले (क्रान्तिकारी), नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) लगायतमा कुन राख्ने भन्ने बिषयमा छलफल भइरहेको छ ।

चुनाव चिह्न भने सूर्य नै राख्ने बिषयमा छलफल भइरहेको स्रोतको भनाई छ । नाम यी मध्ये जुन राखे पनि चुनाव चिह्न भने सूर्य नछाड्ने निष्कर्ष निकालिएको बताइएको छ ।

चुनाव चिह्न सूर्यमा उदाउँदो सूर्य वा कुनै पनि सूर्य हुन सक्ने बताइएको छ । दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी हुनासाथ निर्वाचन आयोगमा पुग्ने नेपाल पक्षको तयारी रहेको स्रोतको भनाई छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read