Home समाचार यी ठाउँहरुमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना : नदीको अवस्था के छ...

यी ठाउँहरुमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना : नदीको अवस्था के छ ? कता कता खतरा ?

लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी भू-भागमा तराई नजिक र पूर्वी भू-भागमा तराईभन्दा केही पर दक्षिणतिर रहेको छ। बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापिय प्रणाली रहेको छ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

जारी बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई  स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

बिहीबार प्रदेश नं १, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

नदीको अवस्था के छ ?

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार नारायणीका सहायक नदीहरु कालीगण्डकी र त्रिशुलीमा बहाब बढ्दो क्रममा रहेको, कोशी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरुमा बहाव सामान्य रहेको तथा सबैमा सतर्कता तहभन्दा तलै रहेको छ।

कोशी, नारायणी र यिनका सहायक नदीहरूमा बहाव बढ्ने; कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ। कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र तिनाउमा बहाव बढ्ने; कमला, बाग्मति, र बबई लगायतका मझौला नदीहरुमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ।

प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, प्रदेश २ को बारा, पर्सा, रौतहट, धनुषा; बागमती प्रदेशको सिन्धुली, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक, धादिङ, चितवन; गण्डकी प्रदेशको गोरखा, तनहुँ, स्याङ्गजा, नवलपुर, म्याग्दी, बागलुङ; लुम्बिनी प्रदेशको पाल्पा, रुपन्देही, नवलपरासी, कपिलबस्तु, दाङ, बाँके, बर्दिया; कर्णाली प्रदेशको सुर्खेत, जाजरकोट, दैलेख, सल्यान; सुदूरपश्चिम प्रदेशको कैलाली, अछाम, डोटी, बझाङ, दार्चुला, बाजुरा र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read