Homeसमाचारमहन्थ ठाकुर र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

महन्थ ठाकुर र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री शेरबहादुर देउवा र महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। महन्थ समूहका नेताहरू र प्रधानमन्त्री देउवाबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो।

भेटमा सरकारलाई समर्थन गर्ने क्रममा भएका सहमति कार्यान्वयनका विषयमा छलफल भएको भेटमा सहभागी नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । ‘सरकारलाई समर्थन गर्ने क्रममा सहमति कार्यान्वयन, संविधान संशोधनलगायतका विषयमा कुराकानी भएको हो,’ उनले भने। प्रधानमन्त्री देउवाले सहमति कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको बताएको नेता कर्णको भनाइ छ।

भेटमा ठाकुर, कर्ण, राजेन्द्र महतो र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए। नेता कर्णले भेटमा दल विभाजनसम्बन्धी अध्यादेशबारे भने कुनै छलफल नभएको बताए।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read