Homeसमाचारऋचाले ‘कमेडी च्याम्पियन २’ छाड्ने

ऋचाले ‘कमेडी च्याम्पियन २’ छाड्ने

लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ अहिले धमाधम प्रसारण भैरहेको । पहिलो सस्करणको राम्रै सफलता पछि टिमले दोस्रो सस्करण पनि गरेको हो। ‘कमेडी च्याम्पियन २’ मा ४ जना निर्णायक छन् । सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई पहिलो सिजनबाट नै यो शोको निर्णायकको रुपमा छन् । ‘कमेडी च्याम्पियन २’ अन्तिम ५ मा पुगिसकेको छ । शो अन्तिम ५ मा पुग्दै निर्णायक ऋचा शर्माले भने यो शो छाड्ने भएकी छिन् ।

शोका निर्देशक विशाल भण्डारीका अनुसार, आउँदो साता ऋचा शोमा उपस्थित हुनेछिन् । त्यसपछि यो शोमा ऋचा निर्णायको रुपमा नरहने विशालले बताए । ऋचा आफैले पनि शनिबार प्रशारण भएको शोमार्फत आफू अब निर्णायकको रुपमा नरहने बताएकी थिइन् ।

ऋचा आमा बन्ने मिति नजिकिएपछि उनले शो छाड्न लागेकी हुन् । यसपछि, अतिथी निर्णायकलाई कार्यक्रममा सहभागी गराइने विशालले बताए । ऋचा सेप्टेम्बर महिनामा आमा बन्दैछिन् । यसैले पनि उनले टप ५ मा शो पुग्दै गर्दा ‘कमेडी च्याम्पियन २’बाट बाहिरिने निर्णय गरेकी हुन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read