Home समाचार संक्रमित बढेपछि काठमाडौंको निषेधाज्ञा कडा बनाइँदै

संक्रमित बढेपछि काठमाडौंको निषेधाज्ञा कडा बनाइँदै

काठमाडौं उपत्यका भित्र कोरोनाका संक्रमितहरुको संख्या बढेपछि निषेधाज्ञालाई कडा बनाउने तयारी गरिएको छ ।

उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेका हुन् ।स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’ मा राखेकाले निषेधाज्ञालाई कडा पार्न लागिएको बताइनछ ।

उपत्इकाबासीले कोरोना भाइरसको महामारीप्रति सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा बेवास्ता गर्दा संक्रतिको संख्या बढेकाले पछिल्लो अवस्थाको विश्लेषण गर्ने काम भइरहेको बताइछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौंमा ८ हजार ५ सय ७९, ललितपुरमा १ हजार ३ सय १९ र भक्तपुरमा १ हजार ९ सय १८ संक्रिय संक्रमित छन् ।काठमाडौंमा परीक्षण गरिएकामध्ये २५ देखि ३० प्रतिशतलाई संक्रमण पुष्टि हुन थालेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले काठमाडौंमा संक्रमणको दर बढ्दो गतितर्फ रहेकाले प्रशासनले थप संक्रमण दरको समीक्षा गर्दै निषेधाज्ञाको कडाइमा आवश्यक निर्णय लिने तयारी गरिरहेको जानकारी दिएका छन् ।

काठमाडौं प्रशासनले गत बिहिबार राति ८ बजेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइसकेको छ ।राति समयमा भेटघाट बढी हुने भएकाले प्रशासनले यस्तो निर्णय गरेको जनाएको छ ।

पछिल्लो समय काठमाडौंका निजी तथा सरकारी अस्पतालमा कोरोना संक्रमित बिरामी बढ्न थालेका छन् भने मृत्युदरसमेत बढेको छ ।पछिल्लो पटक उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा ८ भदौसम्म कायम गर्ने निर्णय गरेका थिए ।काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा जारी गरिएको थियो ।

यसैबीच, गृह मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरको सम्भावनालाई स्विकार्दे देशैभरी पहिलो र दोस्रो लहरको बेला सञ्चालित कोरोना अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले देशभरका बन्द कोभिड–१९ आइसोलेसन सेन्टर, अस्पताल र शिक्षण अस्पताललाई पुनः सूचीकरण एवं सञ्चालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read