Home समाचार लुम्बिनी प्रदेशः नयाँ सरकार गठनका लागि अपरान्ह ३ बजेभित्र बहुमत दाबी पेश...

लुम्बिनी प्रदेशः नयाँ सरकार गठनका लागि अपरान्ह ३ बजेभित्र बहुमत दाबी पेश गर्न समय

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि आज अपरान्ह ३ बजेसम्मका लागि समय सीमा तोकिएको छ । प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले बुधबार दिएको राजीनामा स्वीकृतसँगै नयाँ सरकार गठनको लागि समय तोकिएको हो ।

पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका हुन् । प्रदेश प्रमुख शेरचनले आज अपरान्ह ३ बजेभित्र बहुमत दाबी पेश गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गरेका छन्।

बुधबार लुम्बिनी प्रदेशमा विशेष अधिवेशन डाकिएको र मुख्यमन्त्रीमाथीको अविश्वास प्रस्तावमाथि छलफल बढ्ने तय भएको थियो ।

तर, पोखरेलले त्यस अगावै राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गरिसकेका छन् । उनीविरुद्धको अश्विासको प्रस्ताव पारित हुने गरी गठबन्धनले सांसद संख्या पुर्याइसकेको थियो। त्यसकारण पनि उनी पछि हेटेका थिए । त्यसो त बिमला वली खत्री माओवादीमै रहेपछि पोखरेल अप्ठ्यारोमा परेका हुन् ।
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read