Home Uncategorized महिनामा २० युनिटसम्म निःशुल्क विद्युत् : ऊर्जामन्त्री

महिनामा २० युनिटसम्म निःशुल्क विद्युत् : ऊर्जामन्त्री

विद्युत् खपत बढाउन महसुल घटाउन लागिएको ऊर्जामन्त्री पम्फा भुसालले बताएकी छन् । बुधबार मन्त्रालयको प्राथमिकता सार्वजनिक गर्दै मन्त्री भुसालले महसुल समायोजन गर्ने निर्णय प्राधिकरणको सञ्चालक समितिबाट पारित भइसकेको जानकारी दिइन् ।

गत आर्थिक वर्षमा १ खर्ब ६० अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको जनाउँदै उनले पेट्रोलियम पदार्थ र ग्यास आयातलाई प्रतिस्थापन गर्नु सरकारको प्राथमिकता रहेको स्पष्ट पारिन् । इन्धनबाट चल्ने सवारीलाई विस्थापित गर्दै विद्युतीय सवारीको प्रयोग बढाउन विद्युत् महसुल घटाउन लागिएको उनले बताइन् । ‘मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई निःशुल्क ऊर्जा उपलब्ध गराउने निर्णय भइसकेको छ, अब नियमन आयोगले निर्णय गर्ने वित्तिकै कार्यान्वयनमा जान्छ,’ उनले भनिन् । महिनामा २० युनिटसम्म विद्युत् उपभोग गर्ने ग्राहकले डिमान्ड शुल्कबापत ३० रुपैयाँ भने तिर्नुपर्ने हुन्छ । हाल मासिक १० युनिटसम्म विद्युत् खपत गर्नेले यो सुविधा पाइरहेका छन् ।

आगामी २ वर्षभित्र मुलुकभर पूर्ण रूपमा विद्युतीकरण गरिसक्ने मन्त्रालयको प्राथमिकता रहेको उनले बताइन् । साना किसानले सिँचाइका लागि स्यालो ट्युवेलको प्रयोग गर्दा लाग्ने विद्युत् शुल्क विद्युत्‌को उच्च माग हुने समयमा ८० प्रतिशत र अन्य समयमा शतप्रतिशत छुट दिइने तयारी भएको पनि उनले जानकारी दिइन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read