Homeसमाचार‘फेरि असाधारण जनमतका साथ प्रधानमन्त्री बन्छु’

‘फेरि असाधारण जनमतका साथ प्रधानमन्त्री बन्छु’

पूर्वप्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफू पुनः असाधारण जनमतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले आफू विभिन्न चोरबाटोबाट नआएको भन्दै पुनः जनताको विश्वास जितेर प्रधानमन्त्री बन्ने दाबी गरे ।

‘असाधारण जनमतका साथ म फेरि पनि आउँछु । भेन्टिलेसनबाट होइन, जस्केलाबाट होइन । पहिले पनि भनेको छु अहिले पनि भन्छु फेरि सुने हुन्छ ।’ ओलीले भने । ‘म जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन ।’

त्यस्तै आफू प्रधानमन्त्री बन्नका लागि जन्मिएको नभइ काम गदैै जाँदा प्रधानमन्त्री बन्न पुगेको बताए ।‘म प्रधानमन्त्री बन्न जन्मिएको होइन । काम गर्दै जाँदा प्रधानमन्त्री भएँ ।’ उनले भने ।

त्यसैगरी आफू सुखी नेपाली समृद्ध नेपालको नारा लिएर हिँडेको बताउँदै विरोधीहरुले केही जे गरे पनि आफू उदेश्यमा दृढ रहेको बताए ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read