Home अर्थ मैलुङ खोलाको आइपिओको नतिजा यसरि हेर्न मिल्ने

मैलुङ खोलाको आइपिओको नतिजा यसरि हेर्न मिल्ने

मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ आज मंगलबार (साउन २६ गते) बिहान ९ बजे बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ । यसको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भइसकेको छ । यो आइपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकले २ करोड ८५ लाख ४१ हजार ८४० कित्ताका लागि आवेदन दिएका छन् ।

सर्वसााधारणबाट माग भन्दा ४१.६८ गुणा बढी आवेदन परेको हो । तथापि, अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्ने यसअघि बिक्री प्रबन्धकले जानकारी गराएको थियो । कम्पनीले साउन १४ गतेदेखि कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये २% अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५% ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ।

बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।  मैलुङ खोला जलविद्युत कम्पनीको जारी पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ छ । यो जलविद्युत आयोजना रसुवा जिल्लामा अवस्थित छ ।

सो आईपिओ बाँडफाँडको नतिजा केही घण्टापछि सार्र्वजनिक गरिने कम्पनीले जनाएको छ । ९ः३० बजे बाँडफाँड हुने आईपिओको नतिजा अपरान्ह १ बजेसम्म आईसक्ने कम्पनीको भनाई छ ।

कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

जस अनुसार मैलुङ खोला https://mailungkhola.com ,

बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल https://www.siddharthacapital.com ,

मेरोशेयरको वेबसाइट https://iporesult.cdsc.com.np , https://cdsc.com.np र

सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट बाट हेर्ने सकिने छ ।

नतिजा हेर्नको लागि तपाईले बिओआईडी नम्वर अर्थात डिम्याट खाताको पूरा नम्वर भने तयारी अवस्थामा राख्नुपर्नेछ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read