Home अनौठो कुरा विज्ञापनले आफ्नो उपवास तोडेको भन्दै म्याकडोनाल्ड विरुद्ध मुद्दा !

विज्ञापनले आफ्नो उपवास तोडेको भन्दै म्याकडोनाल्ड विरुद्ध मुद्दा !

मानिसका दु:ख पनि अनेक खालका हुन्छन् । धर्मशास्त्रहरुमा सुन्दर परीहरुले ऋषिमुनिहरुको ध्यान भंग गरेका सन्दर्भ पढ्न पाइन्छ । संसारकै ठूलो मुलुक रुसमा भने म्याकडोनाल्ड कम्पनीको बर्गरको एउटा विज्ञापनले एकजना महिलाको धार्मिक उपवास नै तोडिदिएको छ ।

वास्तवमा फास्टफुडका विज्ञापनहरु कतिपय मानिसहरुको मन जित्न वा लोभ्याउन पर्याप्त हुन्छन् । सोसल मिडियामा आउने खानेकुराका तस्वीर तथा भिडियो हेरेरै धेरै मानिसहरु मुख मिठ्याउन थाल्दछन् र अनलाइनबाट यस्ता खानेकुरा मगाइ हाल्छन् ।

वास्तवमा ती रुसी महिलालाई पनि यस्तै भएको छ । बर्गरको लोभलाग्दो विज्ञापनका कारण आफुले मन थाम्न नसकेको र आफ्नो धार्मिक उपवास तोडिएको भन्दै ती महिलाले म्याकडोनाल्ड विरुद्ध मुद्दा हालेकी छिन् ।

म्याकडोनाल्डको यस्तो कार्य उपभोक्ता संरक्षण कानूनको उल्लंघन रहेको भन्दै उनले यस विषयमा छानविन गर्न पनि अदालतसँग माग गरेकी छिन् ।

क्रिस्चियन धर्मावलम्बीको धार्मिक पर्व लेन्टका अवसरमा उनले उपवास बसेकी थिइन् । तर ठूलो ब्यानरमा राखिएको म्याकडोनाल्डको विज्ञापनबाट लोभिँदा उनले बर्गर खान बाध्य भइन् र उनको उपवास जबर्जस्ती तोडियो ।

ती महिलाको नाम कसेनिया ओभचिन्निकोभा हो । पछिल्लो १६ वर्षदेखि उनले नियमित रुपमा लेन्ट पर्वका बेला पूरै एक महिनासम्म उपवास बस्ने गर्दथिन् । तर चिकेन नगेट सहितको म्याकडोनाल्डको चिजबर्गरको विज्ञापनका कारण उनले यो पटक मन थाम्न सकिनन् र नजिकैको म्याकडोनाल्डको आउटलेटमा गएर त्यो बर्गर किनेर खाइहालिन् । जसका कारण उनको उपवास भंग भयो ।

म्याक डोनाल्ड विरुद्ध मुद्दा हालेकी ती महिलाले म्याकडोनाल्डसँग जम्मा १४ डलर अर्थात् रुसी रुबल १ हजार क्षतिपूर्तिको माग गरेकी छिन् ।

उनको उक्त मुद्दामा अदालतले सुनुवाई गर्न बाँकी नै छ ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read