काठमाडौंमा कोभिड–१९ विरुद्धको पहिलो डोज कोभिसिल्ड खोप लगाएकाहरुलाई दोस्रो डोज अष्ट्राजेनिका लगाउन खोप केन्द्र तोकिएको छ ।
यही साउन २५ गतेदेखि दिइने खोपका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरपालिकासहित सबै नगरपालिकामा केन्द्र तोकिएको हो । कार्यालयका अनुसार भेरोसेल खोप लगाइएकै केन्द्रहरुबाट साउन २६ गतेसम्म लक्षित समूहले अष्ट्राजेनिका खोप लिन सक्नेछन् ।
खोप लगाउन आउनेहरुको अनिवार्य विद्युतीय दर्ता गराउन कार्यालयले स्वास्थ्यकर्मी तथा खोप कार्यक्रममा संलग्न कर्मचारीहरुलाई अनुरोध गरेको छ ।
खोप केन्द्र पढ्नोस्–