Homeसमाचारट्रकसँग बस ठोक्किँदा आठ जना घाइते

ट्रकसँग बस ठोक्किँदा आठ जना घाइते

कोसी राजमार्गको धरान–धनकुटा सडक खण्डको पात्ले खोलानजिक आइतबार बिहान बस दुर्घटनाग्रस्त हुँदा आठ यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट भोजपुरतर्फ जाँदै गरेको बा५ख ५६२४ नम्बरको बस सडकमा रोकेर राखिएको को१ख ४२२८ नम्बरको ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सात जनाको धनकुटा जिल्ला अस्पताल र गम्भीर अवस्थाका एक जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको छ । बाक्लो हुस्सुका कारण सडकमा रोकिएको ट्रक नियाल्न नसकेर ठक्कर लागेको प्रहरीको अनुमान छ । दुर्घटनामा बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बस चालक अभिलाष भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read