Homeसमाचारआज यी प्रदेशहरुमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज यी प्रदेशहरुमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । “काठमाडौंलगायत केही स्थानमा आज सामान्य वर्षाको सम्भावना छ । तर, भारी वर्षाको सम्भावना भने आज दिउँसो कुनै पनि प्रदेशमा हुने छैन,” मौसमविद् मञ्जु बासी भन्छिन् ।

उनका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।


 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read