HomeUncategorizedडा गोविन्द केसीको चेतावनी: आफ्ना माग पुरा नभए भदौ ३ गतेदेखि सत्याग्रह...

डा गोविन्द केसीको चेतावनी: आफ्ना माग पुरा नभए भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले आफ्ना मागहरु पुरा नभए सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्।

डा केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफुले उठाउँदै आएका मागहरु पुरा नभए भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन्। उनले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीलाई पदमुक्त गर्न माग गरेका छन्।  डा केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न गर्नुपर्ने लगायत पाँच बुँदे माग अघि सारेका छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हालै भएका सम्झौताहरु अक्षरशः कार्यान्वयन गरी शीष पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने उनको माग छ। बीपी प्रतिष्ठान लगायत कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा निष्पक्ष रुपमा मादपण्ड निर्धारण गरी पदाधिकारी नियुक्त गर्नेपर्ने विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘बीपी प्रतिष्ठानमा अरबौँ भ्रष्टाचारका लागि दोषि पदाधिकारीहरुको उन्मुक्ति नपाउन्, त्यहाँ उस्तै भ्रष्टहरुको नियुक्ति नदोहोरियोस तथा नेपालको राजनीतिमा नीतिगत भ्रष्टाचारले जरा नगाडोस् भनेर सरकार समक्ष निम्न मागहरु राखेका छौँ। यी माग पुरा नभएमा यदी भाद्र ३ गतेदेखि सत्याग्रह सुरु गर्ने पनि जानकारी गराउँछौँ।’

चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई धम्क्याउने, हस्तक्षेप गर्न खोज्ने र आफ्ना अभियानका सदस्यलाई भौतिक आक्रमणको धम्की दिने व्यक्तिलाई कानुनी कारबाही गर्नुपर्ने, २०८५ सालदेखि नेपालको मेडिकल शिक्षा गैर नाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले ती नीति कार्यान्वयन सुनिश्चित गर्नुपर्ने र यसअघि आफुसँग भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने डा केसीको माग छ।

चिकित्सा शिक्षा ऐनको संशोधन गर्दा अध्यक्ष प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिने व्यवस्था गर्न डा केसीले माग गरेका छन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read