Home खेलकुद बार्सिलोनाबाट बाहिरिएका मेस्सीको अबको यात्रा कता ? यी हुन् सम्भावित क्लब

बार्सिलोनाबाट बाहिरिएका मेस्सीको अबको यात्रा कता ? यी हुन् सम्भावित क्लब

अर्जेन्टिनी स्टार लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट बाहिरिएका छन् । १३ वर्षको उमेरमा बार्सिलोना पुगेका मेस्सीले आधिकारिक रुपमा बार्सिलोनाबाट बाहिरिएका हुन् ।

पछिल्लो समय जुन महिनाको अन्त्यमा बार्सिलोनासँग करार सकिएसँगै फ्री एजेन्ट बनेका मेस्सी र क्लबबीच सहमति बने पनि ला लिगाको खेलाडी दर्ता सम्बन्धि नियमहरूको कारण मेस्सी बाहिरिने अवस्था आएको बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

यसअघि मेस्सी र बार्सिलोना ५ वर्षे करारको नजिक पुगेको र त्यसका लागि औपचारिकतामा मात्र बाँकी रहेको समाचारहरू आएका थिए ।

सन् २०२० मा मेस्सीले बार्सिलोनाबाट बाहिरिने प्रयास गरेका थिए । जसका लागि उनले बोर्डलाई फ्याक्स गर्दै आफूले तत्काल क्लब छाड्न चाहेको बताएका थिए । यद्यपि सेप्टेम्बर महिनामा रिलिज क्लज धेरै भएको कारण उनी बार्सिलोनामै रहन बाध्य भए ।

बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले बार्साबाट मात्रै ७०९ गोल गरेका छन् । यो मैत्रिपूर्णसमेत गरेर हो । आधिकारिक रुपमा भने उनले ६७२ गोल गरेका छन् ।

यो जुन महिना सकिएसँगै बार्सिलोनासँग पहिलो करार गरेको ७५०४ दिनपछि मेस्सी ुफ्री एजेन्टु बनेका थिए । २०२१र२०२२ का सिजनका लागि अर्को क्लबको टुंगो नलागेसम्म मेस्सी फ्रि एजेन्टकै रुपमा रहनेछन् ।

बार्सिलोनासँग मेस्सीको सम्झौता सकिनासाथ पीएसजीले मेस्सीसँग सम्पर्क गरेर कुराकानी गरेको थियो । तर, त्यतिबेला मेस्सीले आफू बार्सामै रहने मनशाय व्यक्त गरेका थिए । उनले आफू अहिले कोपा अमेरिकामा केन्द्रित रहेको भन्दै कुनै पनि छलफल अघि बढाएनन् ।

तर, यो सिजन च्याम्पियन्स लिग जित्ने लक्ष्य बोकेको पीएसजीले मेस्सी भित्र्याउन पहल गर्दैछ । पीएसजीले आफूलाई च्याम्पियन्स लिग जित्न मेस्सीको आवश्यकता महशुस गरिसकेको छ । अब मेस्सीले पनि इच्छा देखाए आगामी दिनमा मेस्सीलाई फ्रान्समा देख्न सकिने छ ।

यदि उनी पीएसजी गएको खण्डमा नेयमार र एम्बापपेसँग उनको साझेदारी बन्नेछ । मेस्सी र नेयमार पूराना साथी पनि हुन् । यी दुईको सम्बन्ध मैदानबाहिर पनि उत्तिकै सुमधुर छ ।

म्यानचेस्टर सिटी आर्थिक रुपमा बलियो क्लब हो । म्यान सिटी मेस्सीलाई प्रिमियर लिगमा भित्र्याउने हैसियत राख्ने मुख्य क्लब हो ।

ज्याक ग्रिलिसलाई बिहिबार एस्टन भिल्लाबाट १ सय मिलियन पाउण्डमा अनुबन्ध गरेको सिटीले इंग्ल्यान्डका कप्तान ह्यारी केन भित्र्याउन कसरत गरिराखेको छ । केनलाई क्लबमा अनुबन्ध गराउन टोट्यानहमले १५० मिलियन पाउण्ड माग गरेको छ ।

यी बाहेक केही अमेरिकी क्लबले पनि मेस्सीलाई भित्र्याउन चाहेका छन् । तर, मेस्सी भने युरोपमै बस्न चाहेका छन् ।

उनले आफ्नो ‘चाइल्ड क्लब’ नेवेल्स ओल्ड ब्वाइज पनि जान चाहेका छन् । करियरको अन्त्यमा बाल्यकालमा आफूले खेलेको क्लब नेवेल्स ओल्ड ब्वाइजमा फर्किने बताएका मेस्सी अहिले नै नै अर्जेन्टिना फर्कने सम्भावना भने छैन । तर, उनले कुनै समय नेवेल्स ओल्ड ब्वाइजबाट भने खेलेको देख्न पाईने छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read