Home Uncategorized यस्तो थियो मेस्सी र बार्सिलोनाबिच सम्झौता हुन नसक्नुको मुख्य कारण

यस्तो थियो मेस्सी र बार्सिलोनाबिच सम्झौता हुन नसक्नुको मुख्य कारण

विश्व फुटबलका सर्वोत्कृष्ट खेलाडी लियोनल मेस्सीले अन्ततः स्पेनिश क्लब बार्सिलोना छाड्ने भएका छन् । बार्सिलोनासँग १९८७ को जुन २४ मा आबद्ध भएका मेस्सीले क्लबको साथमा १७ सिजन बिताएका छन् । उनले बार्सिलोना क्लबको इतिहासमा थुप्रै रेकर्डहरु बनाएका छन् ।

मेस्सीले बार्सिलोना छाड्ने खबर बाहिरिएसँगै विश्वभरिका बार्सिलोना समर्थकहरु आश्चर्यमा परेका छन् । मेस्सीले केही समयअघि मात्र बार्सिलोनासँग ५ वर्षे सम्झौता गरेको र त्यसका लागि ५० प्रतिशत तलब लिन  सहमत भएको बताइएको थियो ।

तर शुक्रबार मेस्सीका एजेन्टका रुपमा रहेका उनका बुबा जोर्ज मेस्सी बार्सिलोनामा सम्झौता नविकरणका आएका थिए । बार्सिलोनासँगको छलफलमा बार्सिलोनाले मेस्सीलाई ५० प्रतिशत नभएर ३०  प्रतिशत मात्र तलब दिन सक्ने बताएसँगै मेस्सीले क्लब छाड्ने पक्का भएको थियो ।

लियाेका बुबा जोर्ज मेस्सीले ३० प्रतिशत मात्र तलब लिएको खण्डमा बार्सिलोनाले अर्जेन्टिनी  खेलाडी रोमेरोलाई अनुबन्ध गर्नुपर्ने प्रस्ताव राखेका थिए । डिफेन्डर रोमोरे एटलान्टाबाट टोटेनह्याममा अनुबन्ध भैसकेका छन् ।

तर बार्सिलोनाले आर्थिक समस्याका कारण त्यो कदम चाल्न नसक्ने बताएपछि जोर्ज मेस्सीले आफ्नो छोराले रोनाल्ड कोम्यानकाे लथालिङ्ग क्लबमा कप्तानी गर्न ३० प्रतिशत तलबमा बस्न नसक्ने बताएपछि बार्सिलोना र मेस्सीबिच सम्झौता नहुने पक्का भएकोे थियो ।

मेस्सीले बार्सिलोनाका लागि ६७२ खेल खेलेका छन् भने उनले बार्सिलोनाको साथमा ३४ उपाधि जितेको छन् । जसमा उनले व्यक्तिगत ६ बलोन डि योर जितेका छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read