Home खेलकुद मेस्सीले छाडे बार्सिलोना

मेस्सीले छाडे बार्सिलोना

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छाडेका छन्। क्लबले विज्ञप्ति प्रकाशन गरी उनी क्लबबाट बाहिरिने भएको जानकारी दिएको हो।

मेस्सीले बिहीबार क्लबसँग नयाँ सम्झौता गर्ने भनिए पनि आर्थिक र संरचनागत अवरोधले यो हुन नसकेको क्लबले विज्ञप्तिमार्फत जनाएको छ।

‘मेस्सी अब फुटबल क्लब बार्सिलोनामा रहने छैनन्,’ विज्ञप्तिमा भनिएको छ,  ‘खेलाडी र क्लब दुवैको सम्झौता गर्न मनसाय रहे पनि पूरा हुन सकेन।’बार्सिलोना क्लबले मेस्सीलाई अहिलेसम्म गरेका योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ।

मेस्सी सन् २००३ देखि बार्सिलोना क्लबमा आबद्ध भएका थिए। त्यसको १८ वर्षपछि उनले क्लब छाडेका हुन्।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read