Homeसमाचारप्रदेश सांसद वलीलाई मुख्यमन्त्री पोखरेलले ५ दिन बन्धक बनाएको आरोप

प्रदेश सांसद वलीलाई मुख्यमन्त्री पोखरेलले ५ दिन बन्धक बनाएको आरोप

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्ध ४ दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी हुँदै गर्दा साउन १५ गते शुक्रबारबाट सांसद बिमला कुमारी वली खत्री नेकपा माओवादी केन्द्रबाट सम्पर्क बिहिन भइन ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टीबाट २०७६ साल मंसिर १४ गतेको उपनविार्चनमा दाङको क्षेत्र नं. ३ ख बाट सांसद पदमा निर्वाचित भएपछि गत वैशाख १९ गते खत्रीले नेकपा माआबोदी केन्द्र रोजिन् ।

साउन १५ गते एकाएक सांसद खत्री सम्पर्कबिहीन भएको सञ्चार माध्यममा समाचार आउन थाल्यो । परिवारलाई हवला दिदैं खत्री उपचारको लागि नेपालगञ्जमा रहेको र केही दिनमा पार्टीको सम्पर्कमा आउने समाचार पनि बाहिर आयो ।

त्यसको केही दिनमा खत्री नेकपा एमालेमा रहेको भन्दै प्रेस विज्ञप्ति आयो । यसलाई माओवादीका नेताहरुले आफ्नो सांसदलाई सत्तापक्ष नेकपा एमालले अपहरण गरेर जर्वजस्ती विज्ञप्ति निकाल्न लगाएको आरोप लगाए ।

बुधबार प्रदेश सभा सचिवालयमा रहेका माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा सांसद खत्री आफु मुख्यमन्त्रीको निवासमा बन्धक भएको र भागेर आएको भन्दै हत्तास हुँदै आइन । बिहीबार दिउँसो माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै खत्रीले आफुलाई अपहरण शैलिमा नेपालगञ्ज लान्छु भन्दै दाङबाट फर्काएर नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री कार्यालय बुटवलमा ल्याएको बताइन ।

सांसद वलीले साउन १५ गते नेकपा एमाले प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मानबहादुर राउत तुलसीपुरस्थित आफ्नो घरमा पुगेको र पार्टी प्रवेशको कुरा गरेको बताइन ।

उनले आफुले पार्टी प्रवेश नगर्ने बताएपछि अरु बहाना खोजेको बताइन् । आफू उपचारका लागि नेपालगञ्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले ‘हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाऔं’ भनेको र त्यही विश्वासमा गाडीमा चढेको उनले बताइन् । तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासी बुटवलतिर मोडेको भन्दै उनले भनिन्, ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहेँ, उहाँहरुले एक पटक मुख्यमन्त्रीलाई भेट्नुपर्यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवासमा पुर्याइयो ।

बुटवलमा ल्याएर आफुलाई नेकपा एमालेमा प्रवेश गर्न दबाब दिएको उनले बताइन । पार्टी प्रवेश गर्न इन्कार गरेपछि माइन्युट र प्रेस विज्ञप्तिमा पढ्न पनि नदिइ जबरजस्ती हस्ताक्षर गर्नुस् भन्दै धम्यक्याउदै दबाब दिएर हस्ताक्षर गराएको वलीले पत्रकार सम्मेलनमा बताइन । साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिई दबाब दिईएर राखिएको वलीको भनाइ छ ।

सांसद वलीको प्रेस विज्ञप्ति नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तिले पत्रकार सम्मेलनमा पढ्दै ५ दिनसम्म वलीलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर नेकपा एमालेमा रहन दबाब दिएको र साउन २० गते दिउँसो सबै आराम गरेको समयमा शौंचालायको चप्पल लगाएर त्यँहाबाट भाग्न सफल भएको जानकारी दिए ।

सांसद वलीले नेकपा मआबोदी कन्द्रे आफ्नो इच्छाले रोजेको बताइन । आफुलाई विभिन्न समयमा एमाले प्रवेश गर्न दबाब आएपनि आफु माओवादी केन्द्र मै रहेको जानकारी दिए । यस घटनाबाट आफुलाई गम्भिर शिक्षा प्राप्त भएको वलीले बताउँदै यस घटनाले आफुलाई परिपक्क बनाएको दाबी गरिन ।

खबरहब बाट साभार

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read