Home फिल्म सेलिब्रेटी चकलेटी हिरो आर्यन सिग्देलको आज जन्मदिन, पुगे यति वर्ष

चकलेटी हिरो आर्यन सिग्देलको आज जन्मदिन, पुगे यति वर्ष

नायक आर्यन सिग्देलको आज जन्मदिन परेको छ । सन् १९८४ अगस्ट ५ तारिखका दिन जन्मिएका आर्यन आजबाट ३७ पार गरी ३८ वर्षमा लागेका छन् । उनको न्वारनको नाम हरिकृष्ण सिग्देल हो । सुर्खेतबाट सब परिवार सहित काठमाडौँ बसाइ सरेका आर्यन पछिल्लो दिनमा फिल्ममा अलिक कम मात्रैमा नै देखिए पनि एक समय एकछत्र राज गर्न सफल भएका हिरो हुन् ।

चकलेटी हिरोको उपमा पाएका आर्यनले ‘किस्मत’ चलचित्रबाट डेब्यु गरेका थिए । भने, ‘मेरो एउटा साथी छ’ मा काम गरेपछि आर्यनको उचाइ ह्वात्तै आकासियो ।मौसम, हिफाजत, फर्स्ट लभ, द फ्ल्यास्ब्याक, कोही मेरो, कसले चोर्यो मेरो मन लगायत दर्जनौँ फिल्ममा अभिनय गरेका आर्यन विवाहपछि भने अभिनय क्षेत्रबाट केही ओझेल परेका हुन् की भन्ने दर्शकको गुनासो छ । एक छोराका बाबु आर्यनले चार वर्षको प्रेम सम्बन्धपछि सपना भण्डारीसँग विवाह गरेका थिए ।

यो पनि पढ्नुहोस्ः
नायक पल शाह र गरिमा शर्मा फिचर्ड म्युजिक भिडियो ‘एउटा सपना छ’ सार्वजनिक भएको छ । मून प्रसाईँको आवाज साथै पुष्पन प्रधानको शब्द रचना र संगीत गीतमा रहेको छ । हरि हुमागाईँको निर्देशन, कन्सेप्ट र सम्पादन रहेको भिडियोको छायाङ्कन उत्तम हुमागाईँको रहेको छ।

पल र गरिमाको अलावा भिडियोमा प्रह्लाद खरेल , नीमा पाण्डे ,अजय हुमागाईँ,दमन ,दिया भट्टराई र अस्मिता भण्डारीको अभिनय रहेको छ। क्रीएटिभ ह्याट्स युट्युब च्यानलमा भिडियो सार्वजनिक गरिएको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read