Home समाचार यी नदीमा आज बढ्ने छ पानीको बहाव, सतर्क रहनआग्रह

यी नदीमा आज बढ्ने छ पानीको बहाव, सतर्क रहनआग्रह

मनसुन सक्रिय रहँदा आज पनि देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने छ । महाकाली, कोशीको सहायक नदी र सुनकोशीमा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नारायणी, कर्णाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायत देशका प्रमुख तथा मझौला नदीहरूमा वहाब सामान्य घटबढ हुने छ । यद्यपि सतर्कता तहभन्दा तलै रहने विभागको पूर्वानुमान छ ।

आज प्रदेश १ को पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, वाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं र मकवानपुर, गण्डकी प्रदेशको गोरखा तथा लुम्बिनी प्रदेशको सल्यान, सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेलधुरा, अछाम र आसपासका जिल्ला भई बहने स–साना  नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने विभागको पूर्वानुमान छ ।

यी नदी तथा तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्क रहन विभागले आग्रह गरेको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read