Home समाचार आज यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

आज यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रदेश-१ र वाग्मती प्रदेशको पूर्वी क्षेत्रमा अहिले केहीबेर पछि नै वर्षा हुने अनुमान गरिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । वाग्मतीका अन्य क्षेत्रमा भने दिउँसो पछि पानी पर्नेछ ।

काठमाण्डौको मौसम भने यतिबेला सफा छ । तर, बेलुका र राति पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यस्तै, आज बेलुका नै गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ ।

देशका अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read