Homeसमाचारचीन र जापानबाट एक सातामा ३२ लाख डोज खोप आउने

चीन र जापानबाट एक सातामा ३२ लाख डोज खोप आउने

सरकारले कोभिड नियन्त्रणका लागि सय दिने योजना तयार पार्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले यस्तो योजना सुनाएका हुन् ।  उनले एक साताभित्रै ३२ लाख डोज खोप ल्याउने बताएका छन् ।  जसमा १६ लाख चीनबाट र बाँकी १६ लाख जापानबाट आउनेछ ।
त्यस्तै ४० लाख डोज फाइजर खोप खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताए ।

आजको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल  राष्ट्रिय अनुसन्धानका प्रमुख  गणेश अधिकारी लगायत सहभागी थिए ।

मन्त्री खाणले कोभिड नियन्त्रण चुनौतिपूर्ण रहेकाले सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताए । कोभिड नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयसँग समन्वय गर्नुपर्ने आवश्यकता देखिएकाले साेही अनुसार काम गर्ने सरकारको योजना रहेकाे उनको भनाइ छ ।

कोभिडको तेस्रो लहर आउनुअघि नै तयारी अवस्थामा बस्न सबैलाई खाणले आग्रह गरे । उनले होल्डिङ सेन्टर निर्माण सन्तोषजनक नभएको भन्दै सबैको ध्यानाकर्षण पनि गराए ।  त्यस्तै सीमामा कोभिड खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्यराज्यमन्त्रीलाई पनि गरे । उनले अक्सिजनको व्यवस्था मिलाउन पनि सबैलाई आग्रह गरे ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read