Home अन्तर्राष्ट्रिय खोप लगाउनेलाई १०० डलर दिन अमेरिकी राष्ट्रपति बाइडेनको आह्वान

खोप लगाउनेलाई १०० डलर दिन अमेरिकी राष्ट्रपति बाइडेनको आह्वान

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना विरुद्धको खोप लगाउने आफ्ना नागरिकलाई १ सय डलर दिन राज्य सरकारहरुलाई निर्देशन गरेका छन्।

बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले यस्तो आह्वान गरेका हुन्। अमेरिकामा कोरोना संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी आएपछि राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने गरी खोप लगाउने नागरिकलाई सहयोग रकम उपलव्ध गराउन सक्नेछन्।पछिल्लो मसय अमेरिकामा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएको छ।

बाइडेनले सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन्। अमेरिकामा सङ्घीय सरकार सबैभन्दा ठूलो रोजगारदाता हो।सङ्घीय सरकारका निकायहरूमा करिब २० लाख मानिसहरू काम गर्छन्।

बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ। हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र कोरोनाको खोपको पूरा मात्रा लगाएका बिबिसीले जनाएको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read