Home Uncategorized मानुषी लघुवित्तको आइपीओ साउन २७ गतेदेखि खुल्दै

मानुषी लघुवित्तको आइपीओ साउन २७ गतेदेखि खुल्दै

मानुषी लघुवित्तलले साउन २७ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको ३६% अर्थात् ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । मानुषीले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये ०.५% अर्थात् ५ हजार ४६९ कित्ता कर्मचारी र ५% अर्थात् १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लघुवित्तको आइपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । मानुषीको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस’ रेटिङ दिएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read