Home अर्थ सानिमा लाइफ इन्सुरेन्सले साउन २० गतेदेखि आइपीओ निष्कासन गर्ने

सानिमा लाइफ इन्सुरेन्सले साउन २० गतेदेखि आइपीओ निष्कासन गर्ने

सानिमा लाइफ इन्सुरेन्सले साउन २० गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । यसले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । जसअनुसार कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसमध्ये ३ लाख अर्थात् ५% सेयर कर्मचारी र ३ लाख अर्थात् ५% सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ ।

बाँकी ५४ लाख कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा आइपीओ बिक्री नभएमा भदौ २ गतेसम्म आइपीओ निष्कासन खुला हुनेछ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । सानिमा लाइफको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read