Home समाचार नेपालबाट अस्ट्रेलिया जान हवाई भाडा ११ लाख ९० हजार

नेपालबाट अस्ट्रेलिया जान हवाई भाडा ११ लाख ९० हजार

नेपालदेखि अस्ट्रेलियाको सिड्नी जान काठमाडौंबाट एकतर्फी हवाई भाडा कम्तीमा ११ लाख ९० हजार रुपैयाँ रहेको छ । यो भाडादर कोरोना महामारी अघिको दाँजोमा करिब ११ सय प्रतिशत बढी हो ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अनुसार, कोरोना संक्रमण नियन्त्रण गर्न अस्ट्रेलियाले अहिले विश्वभरबाट प्रतिदिन ५ सय यात्रुलाई मात्रै प्रवेश गर्न दिने नियम बनाएको छ ।

त्यसमा पूर्वी एसियाली मुलुकका वायुसेवालाई सातामा कसैलाई एक, कसैलाई दुइटा मात्रै उडान अनुमति दिएको छ । त्यसमा पनि एउटा जहाजमा ३० जनाभन्दा बढी यात्रु बोक्न पाइँदैन ।

कोरोनाअघि अस्ट्रेलिया जान ५५ हजारदेखि ९० हजार रुपैयाँसम्ममा टिकट पाइन्थ्यो । महँगोमा टिकट किने पनि नेपाली विद्यार्थी वा पर्यटक भिसाबाहकले सजिलै अस्ट्रेलिया जान पाउँदैनन्, त्यहाँको नागरिक वा पीआरवाहक हुनुपर्छ ।

त्यसमाथि पनि यात्रु ४० घण्टामा मात्रै सिड्नी पुग्छन् । काठमाडौंबाट ४ घण्टा हाराहारीमा दोहा पुगेपछि त्यहाँ करिब २० घण्टा ट्रान्जिटमा बस्नुपर्छ । त्यहाँबाट १४ घण्टा लामो यात्रा गर्नुपर्छ । यतिका झन्झटपछि आफ्नै खर्चमा १४ दिन होटल क्वारेन्टाइन अनिवार्य गरिएको छ ।

अस्ट्रेलिया जानैपर्ने भए एक मात्र विकल्पका रूपमा दोहा रुट खुला रहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सले जनाएको छ । छोटो र सस्तो रुटमध्येको मलेसियाको रुट अझै खुलेको छैन ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read