Home खेलकुद ओलिम्पिक्समा गौरिकाको खेल कहिले?

ओलिम्पिक्समा गौरिकाको खेल कहिले?

जापानको टोक्योमा शुक्रवारबाट ३२ औँ गृष्मकालीन ओलिम्पिक्स सुरु भैसकेको छ। त्यस्तै २४ अगस्टबाट अपाङ्गता भएका खेलाडीहरूको पाराओलिम्पिक्स सोही रङ्गशालामा सुरु हुनेछ।

नेपालका तर्फबाट खेलमा सहभागी हुन जापान पुगेका पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले उद्घाटन समारोहमा संयुक्त रूपमा नेपालको झन्डा बोकेका पनि थिए।

नेपालबाट चार खेलका पाँच खेलाडीसहित २६ सदस्यीय टोलीले विश्वको सबैभन्दा ठूलो खेल उत्सवमा सहभागिता जनाइरहेका छन्ओलिम्पिक्समा ३३ खेल समावेश गरिएको छ, जसको लागि ३३९ ‘इभेन्ट्स’हरू विभिन्न ४२ खेल स्थलमा सञ्चालन हुनेछ।

नेपाली खेलाडीहरूको खेल उद्घाटनको भोलिपल्टबाट सुरु भएको थियो जस्मा शनिवार शुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरिसकेकी छिन भने जुडोकी सोनिया भट्टले ४८ केजी मुनिको तौल समूहमा खेलिसकेकी छिन।

सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । टोकियो ओलम्पिक २०२० अन्तर्गत आज छनोट चरणमा कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन् ।असाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६ दशमलव ८ स्कोर जोड्दै आफ्नो ओलम्पिक यात्रा टुंग्याइन् ।

यसअघि उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४ दशमलव ५ स्कोर जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । तर, उनी ओलम्पिकको फाइनल चरणमा भने पुग्न सकिनन् । ५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६ औं स्थानमा रहिन् ।यो स्पर्धामा कम्तिमा ६ सय २८ दशमलव ५ अंक जोडेका शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका थिए ।

यता जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन्। खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोर्नुपरेको हो । जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औँ स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व बरियताको नवौँ स्थानमा रहेकी छन् । भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराजय बेहोर्नुपरेको हो ।

भट्टले सो खेलमा विपक्षी खेलाडसित एक मिनेट १६ सेकेण्डसम्म मात्र भिड्न सकिन् । उनी वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएकी हुन् । भट्टले २०७६ मङ्सिरमा नेपालमै भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा महिला ४८ किलोमुनिको तौलमा कास्य पदक प्राप्त गरेकी थिइन्।

त्यस्तै जुलाई २७ मा पौडीका एलेक्स शाहले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले सोही इभेन्ट्समा खेल्ने तालिका छ।

जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनेछिन्।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read