Home स्वास्थ्य कोरोना विरूद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य, कहाँ कसरि भर्ने फर्म ?

कोरोना विरूद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य, कहाँ कसरि भर्ने फर्म ?

काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले खोपका लागि अनलाइन फारम अनिवार्य गरेको हाे

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साउन १ गतेको पत्रमा उल्लेख भएअनुसार उक्त निर्णय भएको प्रखुम खड्काले बताए । साथै उनले १८ वर्षदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरेका छन् ।

कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्ने नागरिकलाई अर्को सूचना गरेर खोप दिन सुरु गर्ने उनले बताए । ‘अब जारी हुने सूचनामा १८ वर्ष उमेर समूहकै नागरिकले खोप पाउँछ भन्ने होइन । हामी उमेर समूहकै आधारमा जान्छौं,’ उनले भने, ‘अनलाइन दर्ता गर्दै जाने र क्रमशः खोप दिँदै जाने हो ।’

उनले ५० वर्षभन्दा माथिका नागरिकले गएको हप्तामा खोप पाएको बताए । ‘क्रमशः उमेर समूह झर्दै जान्छ । अब खोप पाउने उमेर समूह ४५ देखि ४९ वर्षका नागरिकलाई दिन्छ,’ उनले भने । तर, योबारे स्वास्थ्य मन्त्रालयको पत्र प्राप्त नभएसम्म थाहा नहुने उनले बताए ।

खोपका लागि अनलाइन दर्ता भएको प्रमाण लिई आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा सर्वसाधारणले खोप लगाउनसक्ने उनको भनाइ छ । १८ वर्षभन्दा माथिका नागरिकले याे वेबसाइटमा गएर अनलाइन दर्ता गर्न सक्नुहुने छ ।

कसरी भर्ने ?

खोप लगाउन चाहने १८ वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिहरुले अनलाइनबाटै नाम टिपाउन मिल्ने गरी वेबसाइट तयार पारेकाे छ ।

याे वेबसाइट प्रयाेग गरी आफ्नाे लागि तथा परिवार र आफन्तकाे फारम भर्न सकिन्छ । याे सेवा लिन स्वास्थ्य मन्त्रालयकाे याे वेबसाइट भिजिट गर्नुहाेस् ।

वेबसाइटकाे हाेमपेजमा दिइएकाे ‘यो फारम किन भर्ने ?’ प्रश्नका उत्तर पढ्नुहाेस् । यसले फारमसँग सम्बन्धित विवरण भर्न सजिलाे हुन्छ ।
त्यसपछि त्यहाँ विकल्पका रूपमा दिइएकाे ‘स्वयं आवेदन दर्ता’, ‘अन्य व्यक्ति मार्फत आवेदन दर्ता’ र सं’स्थामार्फत आवेदन दर्ता’ मध्ये एक विकल्प छनाैट गर्नुहाेस् । त्यसपछि मागिएकाे विवरण भरेर पेश गर्नुहाेस् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read