Home समाचार भीम रावललाई माधव नेपालले भने– राजीनामा फिर्ता लिनुस्, बाँकी कुरा पछि गरौँला

भीम रावललाई माधव नेपालले भने– राजीनामा फिर्ता लिनुस्, बाँकी कुरा पछि गरौँला

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले सांसद पदबाट राजीनामा दिएका नेता भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । बुधबार रावल निवास टोखामै पुगेर नेता नेपालले राजीनामा फिर्ता लिन आग्रह गरेको भेटवार्तमा सहभागी एक नेताले जानकारी दिए ।

“उहाँ (माधव नेपाल) ले पहिले केही नभनी राजीनामा फिर्ता लिन आग्रह गर्नुभयो । राजीनामा फिर्ता लिएपछि अरू कुरा गरौँला भन्नुभएको छ,” ती नेताले भने ।

केहीदिनअघि नेता रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसद पदबाट राजीनामा दिएका थिए ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read