Home समाचार कस्तो छ आजको मौसम ? कहाँ कहाँ पानी पर्ने संभावना ?

कस्तो छ आजको मौसम ? कहाँ कहाँ पानी पर्ने संभावना ?

बुधबार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भएको छ ।

यसैगरी बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  यस्तै लुम्बिनी, गण्डकी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बाग्मती तथा गण्डकी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read