Home समाचार प्रधानमन्त्री देउवाले पाएको विश्वासको मत ‘टालाटुली बाटुली कति राम्री पुतली हो’ :...

प्रधानमन्त्री देउवाले पाएको विश्वासको मत ‘टालाटुली बाटुली कति राम्री पुतली हो’ : ओली

नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले पाएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भएको बताएका छन् ।

सोमबार केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै आइतबार प्रधानमन्त्री देउवाले संसद्मा पाएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली रहेको अध्यक्ष ओलीले बताए ।

उनले भने, ‘देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बटुली, कति राम्री पुतली भन्ने खालेको हो ।’

अध्यक्ष ओलीले देउवा सरकारले अब सत्ताको दुरुपयोग गरी एमालेमाथि हमला सुरु गर्ने पनि बताएका छन् । उनका अनुसार काँग्रेस विगतदेखि नै आफैँ आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने पार्टी हो ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read