Homeसमाचारपरपुरुषसँग हाँसेको भन्दै श्रीमतीको कान काट्ने श्रीमान पक्राउ

परपुरुषसँग हाँसेको भन्दै श्रीमतीको कान काट्ने श्रीमान पक्राउ

बझाङमा आफ्नै श्रीमतीको कान काट्ने श्रीमान पक्राउ परेका छन् ।

जिल्लाको जयपृथ्वी नगरपालिका-१ भण्डारगाउँ निवासी २५ वर्षीय मनोज नेपालीले आफ्नै श्रीमती २१ वर्षीय जानकी नेपालीको कान काटेको आरोपमा पक्राउ परेका हुन् ।

मनोजले गत असार ३० गते परपुरुषसँग बोलेको भन्दै जानकीको कान चक्कुले काटेका थिए । घटनापछि उनी लगत्तै फरार भएका थिए । जानकीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

जानकीले बिहे भएको केही महिनादेखि नै श्रीमानले कुटपिट गर्दै आएको बताएकी छिन् । जानकीका तीन सन्तान छन् ।मनोजमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read