Home Uncategorized देउवाले बिश्वासको मत लिने बारे देउवाका ज्योतिष यसो भन्छन

देउवाले बिश्वासको मत लिने बारे देउवाका ज्योतिष यसो भन्छन

सात-सात पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुन्छन भन्ने भविष्यवाणी गरेका देउवाका ज्योतिष सुरेश चन्द्र रिजालले भने झैँ देउवा पुन एकपटक सर्वोच्चको परमादेशामा प्रधानमन्त्री बनेका छन्।

सर्वोच्चका अनुसार ३० दिन भित्रमा बिश्वासको मत लिनुपर्ने थियो जुन देउवाले आजै लिदै छन्। बिश्वासको मत लिने पुर्व सन्ध्यामा ज्योतिष रिजाल लेख्छन , ” सत्तालाई शक्तिशाली बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारीमा गृहकार्य थाल्नु भएकाे छ । शक्तिकाे उपाशना गर्दै शक्तिशाली अवस्थामै रहदै देश र जनताका भावना पूरा गर्नका लागि २७ गतेबाट सुरुभएकाे गुप्त नवरात्र अन्तर्गत आज नवमी तिथि सूर्य ग्रहकाेबार आईतवार र तुला राशिमा चन्द्रमा भएकाे शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नकालगि आजकाे दिन विशेष कार्य शिद्धिकाे याेग परेकाे छ । नेपालीले विश्वास गरेअनुसार नै अबकाे सरकारले काम गर्ने छ ।”

यसरि उनका अनुसार बिश्वासको मत प्राप्त हुने र नेपालीले विश्वास गरेअनुसार नै अबकाे सरकारले काम गर्ने भविष्यवाणी गरेका छन्।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read