Home समाचार देउवाले आज लिने विश्वासको मत, यसरी पुग्दैछ उनको तर्फमा विश्वासको मत (तथ्यांक...

देउवाले आज लिने विश्वासको मत, यसरी पुग्दैछ उनको तर्फमा विश्वासको मत (तथ्यांक सहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । बालुवाटार स्राेतका अनुसार विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यव्यवस्था समितिको बैठकमा लिएर जाँदैछन् । बैठकले प्रस्तावलाई बैठकमा टेबुल गर्ने निर्णय गरे आज नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेछन् । केही बेरमा कार्यव्यवस्था समितिको बैठक बस्दैछ ।

के पुग्ला त देउवाको पक्षमा विश्वासको मत ? : अहिलेसम्मको राजनीतिक अवस्थाका आधारमा विश्वासको मतमा देखिने संख्या यस्तो छ । जहाँ, जम्मा सांसद संख्या -> २६४ । बहुमतका लागि चाहिने -> १३३ । कांग्रेस र माओवादी -> ६३+४८ = १११ । जसपा -> ३२ (यसमा कम्तिमा १६ जना यादवसमूहमा) जसपाका १६ जनाले देउवालाई मत दिदा देउवाको पक्षमा -> १२७ । विश्वासको मतका लागि थप आवश्यक ६ जना सांसद हुन् । नेपाल पक्षका २३ जनाको हस्ताक्षर देउवापक्षमा रहेकाले देउवाले विश्वासको मत पाउने सम्भावना अधिक छ ।

तर पानी जस्ता नेता भएकाले कहिले कुन भाँडोमा भरिदिएर कुन आकारमा राखिदिन्छ भन्न सकिन्न । अनि यी सबै कुरा बन्द कोठामा हुने भएकाले झन् केहि पनि भन्न सकिन्न । पार्टीगत सांसद संख्याहरु प्रतिनिधी सभाको वेबसाइटबाट लिएका हुन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read