Homeखेलकुदमेस्सीको एउटा तस्बिरले रच्यो इतिहास !

मेस्सीको एउटा तस्बिरले रच्यो इतिहास !

बार्सिलोनाका लेजेण्ड तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको एक तस्बिरले इतिहास रचेको छ । कोपा अमेरिकाको उपाधि जितेपछि मेस्सीले इन्स्ट्राग्राममा पोष्ट गरेको एटा तस्बिरले इन्स्ट्राग्रामको इतिहासमा नै सबैभन्दा धेरै लाइक प्राप्त गरि इतिहास रचेको हो ।

इस्ट्राग्राम आफैले यसको जानकारी दिएको छ । कोपा अमेरिका जित पछि मेस्सीले उपाधि बोकेको एउटा नस्बिर इन्स्ट्राग्राममा पोष्ट गरेका थिए । उक्त तस्बिरले इन्स्ट्राग्रामको इतिहासमै खेलकुद क्षेत्रका पोष्टहरुमध्ये सर्वाधिक मन पराइएको तस्बिर बनेको छ ।

उक्त तस्बिरमा यो समाचार तयार पार्दा सम्म साढे २० मिलियन नजिक (२० करोड ५४ लाख बढि) पुगेको छ । ५१ लाख ५ हजार बढिले कमेन्ट गरेका छन् । र यो अझै बढ्ने छ  ।

 

यसअघि खेल क्षेत्रका सेलिब्रेटिले पोस्ट गरेका वा खेल क्षेत्रका कुनै पनि तस्बिरमा यति धेरै लाइक कसैले पनि प्राप्त गरेका थिएनन् । मेस्सीलाई इन्स्ट्राग्राममा कुल २३३ मिलयिनले फलो गरेका छन् । उनले भने २३७ जनालाई फलो गरेका छन् ।

गत साता ब्राजिल भएको कोपा अमेरिका फुटबलको फाइनलमा घरेलु टोली ब्राजीललाई १९० को अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको थियो । सो उपाधि अर्जेन्टिनाले २८ बर्षपछि हात पारेको थियो भने मेस्सीको लागि देशको जर्सीमा पहिलो उपाधि थियो ।

उक्त दुई कारणले अर्जेन्टिना र मेस्सीका लागि कोपा अमेरिकाको उपाधि विषेश भएको थियो । कोपामा मेस्सीले ७ खेलबाट ४ गोल गरेका थिए भन, ५ गोलमा असिस्ट प्रदान गरेका थिए । उनले प्रतियोगिताको सर्वाधिक गोलकर्ता र बेस्ट प्लेयर अफ् द टुर्नामेन्ट अवार्ड पनि जितेका थिए ।

साथै ७ खेल मध्ये ४ खेलमा म्यान अफ् द म्याच अवार्ड पनि जितेका थिए । जुन सबैभन्दा बढि हो ।

एजेन्सी

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read