Home फिल्म सेलिब्रेटी हाँस्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को दुबै किड्नी फेल

हाँस्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को दुबै किड्नी फेल

हाँस्य कलाकार पल्पसा डंगोलको दुबै किड्नी फेल भएपछि उनको विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । पल्पसा विगत ५ बर्षदेखि किड्नीको उपचार गराइरहेकी थिइन् । तर, उनले यसको जानकारी भने कसैलाई पनि दिएकी थिइनन् । तर, एक महिना अगाडि निकै गाह्रो भएपछि उनी उपचारका लागि टिचिङमा भर्ना भएकी थिइन् ।

किड्नीको डायलसिस गर्ने क्रममा रगत नआएपछि उनी आत्तिएको वुझिएको छ । यसपछि, भने उनी अस्वस्थ रहेको खबर सार्वजनिक भएको हो ।उनको तत्काल किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको कलाकार तथा निर्देशक दीपाश्री निरौलाले जानकारी दिएकि छन् ।

वुझिएअनुसार, उनको किन्डी ट्रान्सप्लान्टका लागि ५० लाख भन्दा बढी रकम लाग्नेछ । कलाकारहरुले उनको उपचारका लागि आर्थिक श्रोत समेत जुटाउन थालिसकेका छन् । हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन् । उनले ‘दृष्टी’ नामक सिरियलको पनि निर्माण गरेकी थिइन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read