Home Uncategorized अभिनेत्री नम्रता सापकोटाको विहे नगरीकनै बच्चा पाउने चाहना

अभिनेत्री नम्रता सापकोटाको विहे नगरीकनै बच्चा पाउने चाहना

अभिनेत्री नम्रता सापकोटाले आफूलाई विहे नगरीकनै बच्चाको चाहना भएको बताएकी छिन् । न्युज ट्वान्टी फोर टेलिभिजनको ई टक नामक कार्यक्रममा प्रस्तोता राज श्रेष्ठ सँगको अन्तर्वार्तामा मोडल तथा अभिनेत्रीले आफू सिंगल मदर बन्न चाहेको बताएकी हुन् ।

उनले भनिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’

विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ । विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् । समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् ।

आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read