Homeसमाचारअबको तीन दिन यी प्रदेशहरुमा ठूलो पानी पर्ने, सतर्क रहन आग्रह

अबको तीन दिन यी प्रदेशहरुमा ठूलो पानी पर्ने, सतर्क रहन आग्रह

अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ । अबको तीन दिन नै यी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ ।

यी प्रदेशका केही ठाउँमा धेरै ठूलो र धेरैजसो ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । तीन दिन नै ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम उच्च छ । यस्तै, आज वाग्मती प्रदेश र प्रदेश-१ मा पनि ठूलो पानी पर्ने उहाँले बताउनु भयो ।

मनसुन सक्रिय नै रहेकाले देशभरको मौसम बद्ली भएको छ भने धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । अबको तीन दिन नै देशभरको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । आज राति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश-१, गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका केही  ठाउँमा मेघगर्जन/चट्याङ्गसहित ठूलो वर्षाको  सम्भावना रहेको छ। यस्तै, राति सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा धेरै ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read