Home समाचार उज्जवल थापाको उपचारका लागि उठेको रकम तथा खर्च सार्वजनिक

उज्जवल थापाको उपचारका लागि उठेको रकम तथा खर्च सार्वजनिक

विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको उपचारका लागि संकलन भएको रकम र खर्चको विवरण सार्वजनिक भएको छ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले संकलित रकम र खर्च विवरण सार्वजनिक गरेका हुन् ।

थापाको उपचारका लागि कुल २ हजार ८ सय व्यक्तिले रकम सहयोग गरेको पाण्डेले सामाजिक सञ्जालमार्फत जनाएका छन् । जसमा सबैभन्दा कम सहयोग १० रुपैयाँ र बढी १ लाख १० हजार ३४५ रुपैयाँ एकै व्यक्तिबाट प्राप्त भएको जनाइएको छ ।

सार्वजनिक विवरण अनुसार थापाको उपचारका लागि सुभेच्छुकहरुबाट कुल ६७ लाख ८३ हजार ४८५ रुपैयाँ ३४ पैसा सहयोग संकलन भएको छ । जसमध्ये थापाको उपचारमा २५ लाख ३१ हजार २८३ रुपैयाँ ६२ पैसा खर्च भएको छ ।

थापाको उपचारपछि बाँकी रहेको रकम ४२ लाख ५२ हजार २०१ रुपैयाँ ७२ पैसा विभिन्न परोपकारी संस्थाहरुलाई सार्वजनिक विवरणमा उल्लेख छ । बाँकी रहेको रकम दाताहरूलाई फिर्ता गर्न व्यवस्थापनको दृष्टिकोणले असम्भवप्रायः देखिएकाले आपसी सल्लाहमा कोभिड महामारीमा काम गरिरहेका संस्थाहरुलाई सहयोग गरिएको पाण्डेले बताए ।

सहयोग पाउने संस्थाहरुमा भोरे नेपाल, सर्लाही २ लाख ५० हजार, हार्टबिट, काठमाडौँ २ लाख, मधेश ह्युमन राइट्स होम, कपिलवस्तु २ लाख २ हजार २०१ रुपैयाँ ७२ पैसा, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, काठमाडौँ ५ लाख रहेका छन् ।

यस्तै, राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौँले १५ लाख, ओडा फाउन्डेसन, कालिकोटले १० लाख र सानो पाइला, वीरगन्जले ६ लाख रुपैयाँ पाएका छन् । थापाको उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

https://www.facebook.com/MilanLeads/photos/a.182513415277971/1734378036758160/?type=3

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read