Home समाचार पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ८७५ जनामा कोरोना संक्रमण, काठमाडौँ...

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ८७५ जनामा कोरोना संक्रमण, काठमाडौँ उपत्यकामा कति ?

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यस अवधिमा थप १० हजार ६६ जनाको कोरोना परीक्षण गरिएको थियो ।

कोरोना परीक्षण गरिएकोमध्ये १ हजार ३१० जनाको पिसिआर र ५६५ जनाको एन्टेजिन विधिबाट कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, यस अवधिमा थप २ हजार १६४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुने संक्रमितको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ ।

यसैगरी बितेको २४ घण्टामा २१ जना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या ९ हजार ५२७ पुगेको छ भने हाल नेपालमा कोरोना निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।

कूल ६ लाख ६५ हजार ८८६ जनाको पिसिआर र ४८ हजार ३६२ जनाको एन्टेजिन विधिबाट कोरोना संक्रमण पुष्टि भएकोमा हाल नेपालमा २५ हजार ९५२ जना संक्रमित संक्रमित रहेका छन् । गत २४ घण्टामा काठमाडौँमा २९९ जना, ललितपुरमा ७७ जना र भक्तपुरमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सुनसरीमा १२५, मोरङमा ११५, कास्कीमा १०१, झापामा ६९, मकवानपुरमा ५९, चितवनमा ५४, नवलपरासी पूर्वमा ४४, काभ्रेमा ३७, रामेछापमा २८, रुपन्देहीमा २१, नुवाकोटमा २०, धादिङ र सिन्धुपाल्चोक, बाग्लुङमा १७/१७, दोलखामा १४, स्याङ्जामा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read