Home समाचार आजबाट मनसुन थप सक्रिय, भारी वर्षाको सम्भावना

आजबाट मनसुन थप सक्रिय, भारी वर्षाको सम्भावना

आजबाट मनसुन थप सक्रिय भएको छ । लुम्बिनी, गण्डकी, सुदूरपश्चिम तथा प्रदेश १ मा आजबाट थप मनसुन सक्रिय भएको मौसमविद् निराजन सापकोटाले बताएका छन ।

“आजबाट लुम्बिनी, गण्डकी सुदूरपश्चिम तथा प्रदेश १ मा मनसुन थप सक्रिय हुँदा भारी वर्षा हुनेछ । तर, वाग्मती प्रदेशमा भने मंगलबारसम्म अहिले सामान्य वर्षाको सम्भावना रहेको देखिन्छ,” मौसमविद् सापकोटा भन्छन् ।

यसैबीच, आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश २ तथा  प्रदेश १ का थोरै  स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र  नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read