Home समाचार राष्ट्रपतिद्वारा देउवालाई प्रधानमन्त्री नियुक्त, आजै शपथग्रहणको तयारी 

राष्ट्रपतिद्वारा देउवालाई प्रधानमन्त्री नियुक्त, आजै शपथग्रहणको तयारी 

आजै देउवाले प्रधानमन्त्री पद तथा गोपनियताको सपथग्रहण गर्नुहुनेछ । तर यसका लागि समय तय भइनसकेको र तयारी थालिएको राष्ट्रपति कार्यालय स्राेतले जनाएकाे छ ।

देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी देउवासमक्ष पठाइसकिएको राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिनुभयो ।

साँझै सानो मन्त्रिमण्डल चयन गरे देउवा शहपथ ग्रहण समारोहमा जानुहुने बताइएको छ । यसका लागि सरकारमा सहभागी हुने नेताहरुको नाम तय गर्न कांग्रेििभत्रै र नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीमा समेत छलफल जारी छ ।

यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन्। उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए। त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए।उनी २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read