खेलको पहिलो हाफ सकिँदा घरेलु टिम ब्राजिलविरूद्ध अर्जेन्टिनाले अग्रता लिएको छ। खेल सुरु भएको २२ औँ मिनेटमा अर्जेन्टिनाका लागि एन्जेल डी मारियाले गोल गरेका हुन् ।
उनको गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको छ ।उनले खेलको २२ मिनेटमा गोल गरेका हुन्। डि पाउलले दिएको लामो पासमा डि मारियले उत्कृष्ट गोल गरेका हुन्।ब्राजिलका रेनान लोडीले राम्रोसँग बल ठम्याउन नसक्दा डि मारियाले डिबक्स भित्रबाट बललाई गोल पोस्टको दिशा दिए।
खेलमा पनि अर्जेन्टिनाले दबाब बढाएको छ ।