Homeसमाचारसोमबारभित्रै ‘जोन्सन एन्ड जोन्सन’को खोप १५ लाख डोज आइपुग्ने

सोमबारभित्रै ‘जोन्सन एन्ड जोन्सन’को खोप १५ लाख डोज आइपुग्ने

आगामी सोमबारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो खोप आउने निश्चित भएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘सोमबारसम्म जोन्सन एन्ड जोन्सनको १५ लाख मात्रा खोप आउन लागेको छ, त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।’

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार नेपालका लागि १५ लाख र भुटानका लागि ५ लाख मात्रा खोप पठाउन लागिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले केही समयअघि मात्रै परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपतिलाई पत्र लेख्दै खोपमा सहयोग गर्न आग्रह गरेकी थिइन् ।

कोरोनाविरुद्ध बनेका अन्य खोपहरू दुई मात्रा लगाउनुपर्ने भए पनि जोन्सन एन्ड जोन्सनको खोप एक मात्रा मात्र लगाए पुग्ने खोप विज्ञहरूको भनाइ छ । नेपालमा हालसम्म कोभ्याक्स फ्यासिलिटीमार्फत अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको भारतको सेरम इन्टिस्च्युटले उत्पादन गर्दै आएको कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज प्राप्त भएको छ ।

कोभ्याक्सले कुल जनसख्ंयाको २० प्रतिशतलाई पुग्ने खोप उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । तर, प्रतिबद्धताअनुरूप समानुपातिक तवरबाट खोप वितरण नभएको भन्दै आलोचना हुँदै आएको छ ।

नेपालमा प्राप्त हुने जोन्सन एन्ड जोनसनको १५ लाख मात्रा कुन समूहलाई दिने निक्र्योल नभए पनि खोप कार्ययोजनामा तय गरिएको खोप प्राथमिकता समूहका आधारमा उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको तयारी छ । स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारलाई यसअघि ५० लाख मात्रा जोन्सन एन्ड जोन्सन खोप खरिदका लागि पत्राचार गरेको थियो । तर, सो पत्रको जवाफ अहिलेसम्म आएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले विपन्न र गरिब मुलुकलाई ८ करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read